काठमाडौं । नेपाली बजारमा आज चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन पनि बढेको सुनचाँदीको मूल्य आज पनि बढेको हो । आज सुन तोलामा १ हजार रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले बढेको हो ।
आज सुन तोलाको २ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज नेपाली बजारमा चाँदीको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आज चाँदी तोलाका ३ हजार ८०५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ३ हजार ७५० रुपैयाँ रहेको थियो ।