
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सले लुम्बिनी लायन्स विरुद्ध पहिले क्षेत्र संरक्षण (फिल्डिङ) गर्ने भएको छ । विराटनगरले टस जितेर पहिले क्षेत्र संरक्षण गर्ने निर्णय गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् । योसँगै लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ । आजको खेलमा विराटनगरले सूर्य तामाङ, नारायण जोेशीको स्थानमा शंकर राना र सुवास भण्डारी प्लेइङ ११ मा ल्याएको छ । लुम्बिनीले भने एलिमिनेटर खेलको टोलीलाई नै निरन्तरता दिएको छ ।
आजको खेलको विजेताले उपाधिका लागि सुदूरपश्चिम सोयल्ससँग खेल्ने छ ।
विराटनगर किंग्सको टोली : प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, सन्दीप लामिछाने, शंकर राना, नरेन भट्ट, सुवास भण्डारी, साम हिजलेट, फाफ डु प्लेसिस, मार्टिन गप्टिल र मर्चेन्ट डि लाङगे ।
लुम्बिनी लायन्सको टोली : रोहित पौडेल, सन्दीप जोरा, दिलीप नाथ, तिलक भण्डारी, शेर मल्ल, अविशेष गौतम, दिनेश अधिकारी, आर्सी जोन म्याथु सर्ट, जेजे स्मिथ, रुवेन ट्रम्पलम्यान र निरोसन डिकोवेल्ला।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह