
काठमाडौं । नेकपा एमाले महाधिबेशलाई केन्द्रीत गरेर बसेकाे सचिवालय बैठक सम्पन्न भएको छ । आज सम्पन्न बैठकले विधान महाधिवेशनको सर्वोच्चतालाई ध्यानमा राखी महाधिवेशनले पारित गरे अनुसारकै नेतृत्व चयन गर्ने निर्णय गरेको छ ।
अब एमालेको विधान महाधिवेशनले पारित गरे अनुसार नै सचिवालय रहने भएको छ । पार्टीको केन्द्रीय पदाधिकारी १५ जनाको रहने छ भने २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बन्ने छ । महाधिवेशनका लागि हालका सबै पदाधिकारी रहेको अध्यक्ष मण्डल बनेको छ । त्यस्तै प्रस्ताव लेखन र माइन्युट लेखन समिति पनि गठन भएको छ । जसको जिम्मा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ ।
बैठक पछि पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले १ सय ८ जना प्रतिनिधिहरू मनोनीत गर्ने निर्णय गरेको जानकारी दिए। यसका अतिरिक्त मंसिर २४ गते जेनजी आन्दोलनका प्रतिनिधिसँग गरिएको भनिएको सम्झौता प्रति बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकारले निर्धारित कार्यक्षेत्र भन्दा बाहिर गएर संविधान संशोधन गर्ने सम्झौता गरेको भन्दै एमालेले आपत्ति जनाएको हो । सरकार दण्डहीनतालाई प्रश्रय दिन र अपराधीलाई जोगाउन उद्धत रहेको एमालेले जनाएको छ ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय