नेतालाई स्थानहद लगाएर यो सरकारले कस्तो चुनाव गर्न खोजेको हो : ओली 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारले चुनाव गराउने वातावरण नै नबनाएको आरोप लगाएका छन् । भक्तपुरको सल्लाहघारीमा पार्टीको ११औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार प्रति कटाक्ष गर्दै त्यस्तो प्रश्न गरेका हुन् ।

उनले अहिलेको शुसिला कार्की सरकारले भय सिर्जना गरेको जिकिर गरे । ‘संवादको सट्टा निधेष, घृणा र मिडिया ट्रायल, विभिन्न प्रकारका हल्ला, विभिन्न प्रकारका राजनीतिक दलविरुद्ध षडयन्त्र । प्रतिस्पर्धाको सट्टा धम्की, बहसको सट्टा मुद्दा, नेताको राहदानी रद्द र स्थानहद, निषेधाज्ञा यही हो चुनावको वातावरण बनाएको?,’ ओली प्रश्न गरे ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार