
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा शुक्रबार (मङ्सीर २६ गते) सिरहा जिल्लाको लहानमा बीमा कम्पनीका शाखा कार्यालयका प्रमुखहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटाले बीमा ऐन, नियम र निर्देशिका बमोजिम बीमा व्यवसाय गर्न बीमा कम्पनीका शाखा कार्यालयका प्रमुखहरूलाई निर्देशन दिए ।
निर्देशक सापकोटाले बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि प्राधिकरणको प्रदेश कार्यालयसँग समन्वय गरी गाउँघरमा समेत पुगेर कार्य गर्न र कृषि तथा पशुपन्छी बीमाको विस्तारमा जोड दिन निर्देशन दिए । कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीहरूले बीमा सम्बन्धी अनुसन्धान र विकासमा जोड दिनुपर्ने, कर्मचारीहरूका लागि तालिम संचालन गर्नुपर्ने, सीमा क्षेत्रमा बीमा सचेतना अभिवृद्धिका लागि होर्डिंग बोर्डहरू राख्नुपर्ने, कृषि बीमाको विस्तार एवम् प्रवद्र्धनलाई विशेष महत्व दिनुपर्ने र संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) वापतको रकम सम्बन्धित प्रदेश अन्तर्गत नै खर्च गर्ने व्यवस्था गर्नुपर्ने लगायतका धारणा राखेका थिए । कार्यक्रममा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका सिरहा जिल्लास्थित शाखा कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।













समाचार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
विश्व अण्डा दिवस : नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ अण्डा खपत हुँदै
चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल
भेडाच्याङ्ग्रा बिक्री गर्न एक महिना बढी पैदल यात्रा, किसानलाई बजारकै चिन्ता
साता दिनमा झिनो अंकले बढ्यो नेप्से, औषत कारोबार औषतमा ३ अर्बमा सिमित
साता दिनमा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
यस्तो छ शनिबारको मौसम
शनिबारको विनिमयदर : कुन देशको सटहीदर कति ?
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण