काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.३२ अंकले घटेको हो ।
आजको प्रि ओपन सेसनमा २९ कम्पनीको सेयर मूल्य घटेको छ भने १६ कम्पनीको सेयर मूल्य बढेको छ । यो सेसनमा २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.०८ अंकले बढेर ४४६.९३ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा ४८ कम्पनीका १४ हजार ४०१ कित्ता सेयर ८१ पटक खरिद बिक्री हुँदा ७३ लाख ८१ हजार १८५ रुपैयाँको कारोबार भएको छ ।