
काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ । भारतीय आयाल कर्पोरेशनबाट आज प्राप्त भएको पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार डिजेल, मट्टितेल र पेट्रोलको नयाँ मूल्य सार्वजनिक गरिएको हो ।
निगमले भोलिदेखि लागू हुनेगरि पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा १६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६२ रुपैयाँ र तेस्रो वर्गमा १६३ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य लिटरमा पहिलो वर्गमा १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४१ रुपैयाँ र तेस्रो वर्गमा १४२ रुपैयाँ पुगेको छ ।
निगमका अनुसार पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन् । दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्छन ।














समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज