
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आफ्नो वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १९ गते शनिबारका लागि साधारणसभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा पर्सा जिल्लाको वीरगञ्जस्थित होटल भिष्वामा बिहान ९ बजे देखि सुरु हुने छ । कम्पनीको २६औं वार्षिक साधारणसभाको मुख्य एजेण्डामा लाभांश प्रस्ताव पारित गर्ने रहेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल २१.०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । त्यसैगरी संस्थापक सेयरधनीको तर्फबाट ३ जना सञ्चालक निर्वाचन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा समयानुकूल संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा पुस ६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरू मात्रै उक्त साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम