
काठमाडौं । पछिल्लो चार महिनामा करिब ३ खर्बले चालु खाता बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८२/८३ पहिलो चार महिनामा चालु खाता रु. २ खर्ब ७९ अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१ खर्ब ४७ अर्ब ७८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको ‘चालु खाता समीक्षा अवधिमा १ अर्ब ९९ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु ६ अर्ब २१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु. २ अर्ब ४७ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु. २ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.५ अर्ब ७६ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.३ खर्ब १८ अर्ब ४० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. २ खर्ब ०५ अर्ब ८३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २६ करोडले बचतमा रहेको छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
सवारी दुर्घटनामा चालककाे मृत्यु
मौलाकाली केबलकारको विशेष साधारणसभा आह्वान
महीलाई प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका
मेरिङ्देनमा ‘एक विद्यालय, एक बगैँचा कार्यक्रम’
कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट, निर्माण तीव्र गतिमा
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
२२ मेगावाटको सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ: कृषि मन्त्री