
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक समूहले सुन्तला बिक्री गरेर गाउँमा रु ८७ लाख भित्र्याएको हो । विगतमा कोदो तथा मकै बाली हुने ठाउँमा नगदेबालीका रूपमा सुन्तलाखेती थालेसँगै गाउँमा आम्दानी बढ्दै गएको समूहका अध्यक्ष यामबहादुर सेनले जानकारी दिए।
अर्बकुना सुन्तला समूहमा हाल ३१ सुन्तलाखेती गर्ने किसान आबद्ध छन् । “समूहमा आबद्ध भएका सबै किसानले न्यूनतम रु एक लाखदेखि अधिकतम रु १५ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ”, उनले भने, “केही मात्रामा कोदो, मकै हुने जमिनबाट अहिले प्रत्येक घरले नगदेबालीका रूपमा सुन्तलाखेती गरेसँगै राम्रो आम्दानी हुने गरेको छ ।”
पछिल्लो समय गाउँमा रहेका सबै घरलाई समूहमा आबद्ध गराएर एकापसमा मिलेर सुन्तलाखेतीलाई विस्तार गर्दै गएकाले आगामी वर्षहरूमा सुन्तलाको उत्पादन र आम्दानी वृद्धि हुने दाबी अध्यक्ष सेनको छ । “पुराना बोटबाट सुन्तला उत्पादन भइरहेको छ, नयाँ बोट थप्ने क्रम निरन्तर रूपमा चलिरहेको छ”, उनले भने “आगामी वर्षमा मात्रै यस समूहबाट रु एक करोड बढीको सुन्तला बिक्री गर्छौँ, त्यसपछिका वर्षहरूमा त झनै वृद्धि हुँदै जान्छ ।” यहाँ उत्पादन भएको सुन्तला किसान स्वयं वा समूहमार्फत पनि बिक्री गर्ने गरिएको छ । यहाँका किसानले सुन्तला खरिदका लागि आएका स्थानीय व्यापारीलाई बगैँचा नै ठेक्कामा दिने गरेका छन्भने केही किसानले फुटकर रूपमा बिक्री गरेका हुन् ।
किसानले बोटमा भएको उत्पादनका आधारमा व्यापारीसित बोलकबोल गरेर मूल्य निर्धारण गर्छन् । केही किसानले प्रतिकेजी रु ६०–७० का दरले व्यापारीलाई सुन्तला बिक्री गरेका हुन् । यहाँ उत्पादन भएको सुन्तला र त्यसको आम्दानीको हिसाबकिताब समयसमयमा समूहमार्फत हुने गरेको छ । सामूहिक रूपमा बैठक बसेर बजारीकरण, मूल्य निर्धारण, आइपरेका समस्या र त्यसको समाधानका विषयमा छलफल गरी समाधान निकाल्ने गरिएको उनले बताए।
स्वादिष्ट सुन्तला उत्पादनका दृष्टिले स्याङ्जाको पहिचान छुट्टै किसिमको रहेको छ । जिल्लामा सुन्तला उत्पादनको सम्भावना र यसको विस्तारका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन सञ्चालनमा रहेको छ । विसं २०७३–७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जोन हुँदै सुपरजोनमा परिणत भएसँगै सुन्तलाको बगैँचा विस्तारले तीव्रता पाएको हो ।













समाचार
‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
चौथो ताप्लेजुङ गोल्डकपः पर्यटकीय क्षेत्रबाट खेल तालिका सार्वजनिक
जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज
नेपाल प्रिमियर लिग क्रिकेट : कर्णाली याक्सलाई एभर राइजको साथ
क्यासिनोमा होटलको १० प्रतिशत अनिवार्य सेयर हटाउन हानको माग
अख्तियारको डरले कर्मचारीले निर्णय गर्न छाडे, सरकार ‘अनिर्णयको बन्दी’ बन्यो : मन्त्री गौतम
मुख्यमन्त्री थापाद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
‘अख्तियारलाई प्रधानमन्त्रीको शाखा होइन, साँच्चिकै अख्तियार बन्न दिऔँ’
नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली
सिबिफिनको चेतावनी– ‘व्यावसायिक निर्णय र बैंकको धितो लिलामलाई फौजदारीकरण नगरियोस’