
काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज सेयर बजार परिसूचक १८.३७ अंकले बढेको हो । योसँगै सेयर बजार लगातार दोस्रो दिन पनि बढेर बन्द भएको हो । अघिल्लो दिन पनि सेयर बजार बढेर बन्द भएको थियो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २६१९.९९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको सेयर मूल्य घटेको छ । आज ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ३.१५ अंकले बढेर ४५०.६७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने १ वटाको सेयर मूल्य घटेको छ ।
परिसूचक बढेको दिन सेयर बजारमा ३ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३२५ कम्पनीको ७८ लाख ४ हजार ४५ कित्ता सेयर ५५ हजार ७८ पटक खरिद बिक्री हुँदा ३ अर्ब २९ करोड ४२ लाख २७ हजार १२२ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज