
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष श्रीमति रितु सिंह वैद्यको अध्यक्षतामा पहिलो वार्षिक साधारण सभा कमलपोखरी, काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरेको हो ।
उक्त सभाले स्थापना देखि हालसम्मका प्रमुख उपलब्धी र सिकाईहरुको विश्लेषण गर्दै आगामी वर्षका कार्यक्रमहरु, संस्थागत संरचना र रणनीतिक योजनाहरु औपचारिक रुपमा पारित गरेको छ । सभालाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले स्थापनाको छोटो अवधिमा नाइमा देशको मोबिलिटी क्षेत्रको एकिकृत र शसक्त आवाजका रुपमा स्थापित हुन सफल भएको बताइन् । उनले बिगत नौ महिनामा हासिल उपलब्धीहरु प्रस्तुत गर्दै पहिलो NAIMA Nepal Mobility Expo 2025 को सफल आयोजनाले समग्र अटोमोबाइल क्षेत्रका सरोकारवालाहरुलाई एकै थलोमा प्रदर्शनी अवलोकन गर्ने अवसर र मोबिलिटी क्षेत्रका सिकाई सत्रहरु निरन्तर संञ्चालन गरिनुले संस्थाको भुमिकालाई अझ बृहत्तर र विश्वसनिय बनाएको बताइन् ।
NAIMAका कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा वित्तिय प्रतिवेदन, र आगामी वर्षको कार्यक्रम तथा वित्तिय योजना प्रस्तुत गर्दै संस्थाको दीर्घकालिन उद्देश्य हाँसिल गर्न प्रभावकारी कार्ययोजना, पारदर्शिता र जिम्मेवार वित्तिय व्यवस्थापनप्रति कार्यालयको प्रतिवद्धता दोहो¥याए । सदस्यहरुले नाइमाले सकृय र प्रभावकारी रुपमा गरिरहेको काम प्रति प्रशंसा व्यक्त गर्दै आपत्कालिन अवस्थामा राज्यका निकायहरुलाई सहयोग गर्न पाउँदा आफूहरु गौरवान्वित भएको बताए ।
यसैगरी सभाले २०८२/८३ का कार्यक्रम पारित गर्यो, जसमा नियमित मोबिलिटी सम्बाद, क्षमता अभिवृद्धि तालिमहरु, क्षेत्रगत अध्ययन अनुसन्धान, नीतिगत वहस पैरवी, NAIMA Nepal Mobility Expo 2026 का आयोजना लगायतका विषयहरु सामेल छन् । NAIMA ले आगामी Mobility Expo २०८३ श्रावण २६ गते देखि ३१ गते सम्म भृकुटीमण्डपमा आयोजना गर्ने तयारी गरेको छ ।
सभाले संस्थागत सुदृढिकरण अन्तर्गत सदस्य आकाश गोल्छाको नेतृत्वमा स्ट्राटेजी तथा मेम्बरसिप अफेयर्स कमिटी गठन गर्ने र Megatech Group Pvt. Ltd. लाई नयाँ सदस्यको रुपमा स्वागत गर्दै कम्पनीका सुरेश लोहनीलाई रिसर्च, मिडिया तथा डेटा कमिटीमा सदस्यको रुपमा मनोनित गरेको छ । सम्भावित र योग्य व्राण्डहरुलाई समावेश गर्दै मोबिलिटी क्षेत्रका सामूहिक हितका विषयमा नियमित सम्बाद जारी राख्ने प्रतिबद्धता साधारणसभामा व्यक्त गरिएको छ । सभाको समापन गर्दै अध्यक्ष वैद्यले सबै सदस्यहरुलाई धन्यवाद दिदै नेपाली मोबिलिटी क्षेत्रको दीर्घकालिन उन्नतिका लागी नाइमाले सक्रिय भुमिका खेलिरहने प्रतिवद्धता व्यक्त गरिन् ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना