
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणभा बोलाएको छ । कम्पनीलले यहि पुस २५ गते शुक्रबार काठमाडौंको कालिकास्थानस्थित अभृतभोग केटरर्स प्रा.लि मा बिहान साढे १० बजे आठौं र नवौं वार्षिक साधारणसभा डाकेको हो ।
साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र १५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ । त्यस्तै गत दुई आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरी गत आवको लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्नेछ ।
त्यसैगरी कम्पनीको अधिकृत पुँजी वृद्धि गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पुस १३ गतेसम्म कायम सेयरधनीहरू मात्रै सहभागी हुन र लाभांश पाउन सक्नेछन् ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह