
काठमाडौं । नेपाल स्टक एक्सेचन्च (नेप्से) मा जीवन विकास लघुवित्त, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, कालिका लघुवित्त, प्राइम कमर्सियल बैंक र नागरिक लगानी कोषको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ १२९८.३३ रुपैयाँमा कायाम भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य १४८०.१० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
त्यसतै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४ प्रतिशत बोनस सेयरमा मूल्य समयोजन हुँदा भाउ ४८०.७७ रुपैयाँमा कायाम भएको छ। आइतबारको अन्तिम कारोबार मूल्य ५०० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरेएको हो ।
कालिका लघुवित्तको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ ९८२.७३ रुपैयाँमा कायाम भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य १०८१ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरेएको हो ।
प्राइम कमर्सियल बैंक ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ २३९.७२ रुपैयाँमा कायाम भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य २५८.९० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरेएको हो ।
त्यसैगरी, नागरिक लगानी कोषको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ १७५३.१४ प्रतिशत रुपैयाँमा कायाम भएको हो । आइतबारको अन्तिम कारोबार मूल्य १८४०.८० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरेएको छ । कम्पनीहरुको समायोजित मूल्यलाई आधार मानेर आइतबार कारोबार खुला हुनेछ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व