
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डाइभर्सिफाइड भिसा (डीभी) लटरी कार्यक्रम अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेका छन्। सन् २०२७ को डीभी लटरी प्रवेश प्रक्रियामा परिवर्तन गरिने संकेत दिएको करिब एक महिनापछि ट्रम्प प्रशासनले यससम्बन्धी औपचारिक घोषणा गरेको हो।
होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोमले राष्ट्रपतिको निर्देशनअनुसार अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (USCIS) अन्तर्गत सञ्चालनमा रहेका डीभी लटरीसम्बन्धी कार्यक्रमहरू हालका लागि रोक्न निर्देशन दिइएको जानकारी दिएकी छन्।
अमेरिकामा आप्रवासीको सङ्ख्या तुलनात्मक रूपमा कम रहेका देशका नागरिकलाई स्थायी बसोबासको अवसर उपलब्ध गराउँदै आएको यो लटरी कार्यक्रम अस्थायी रूपमा पूर्ण रूपमा रोकिएको बताइएको छ। प्रशासनले कार्यक्रम पुनः सञ्चालन वा नयाँ व्यवस्थाबारे भने थप विवरण सार्वजनिक गरेको छैन।
फेसबुक प्रतिक्रिया













समाचार
नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित
नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै
ह्यालान्डको गोलमा सिटीको जित
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
सुखद खबरको पर्खाइमा परिवार
किभमा तीन दिन हवाई आक्रमण रोक्न पुटिनको आदेश
भोटेकोशी विपद्को असरबाट पोखराको पर्यटन जोगाउन निजी क्षेत्रको चिन्ता
‘मातृत्व जोगाउने अभियान’ : टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण
भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन
कास्कीमा प्रहरी कार्यालयबाट डीएनए संकलन