
काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब २० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको कर्मचारी सुरक्षण कोषमा रहेको रकममध्ये मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्नेछ।
लगानी रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा ९६ करोड, ‘ख’ वर्गका विकास बैंकमा १८ करोड र ‘ग’ वर्गका वित्त कम्पनीमा ६ करोड रुपैयाँ छुट्याइएको छ।
राष्ट्र बैंकका अनुसार डिसेम्बर २६, २०२५ देखि डिसेम्बर २६, २०२६ सम्म ३ सय ६६ दिनको मुद्दती निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको हो । रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले पुस ७ गते भित्र आवेदन दिनुपर्ने छ ।
सूचनाअनुसार सम्बन्धित बैंक तथा वित्तीय संस्थाले तोकिएको न्यूनतम कुल पुँजीकोष कायम गरेको हुनुपर्नेछ भने निष्क्रिय कर्जा सापटी अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्नेछ। साथै आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गरी आवेदन दिन राष्ट्र बैंकले आग्रह गरेको छ।













समाचार
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन
डोको बुन्दै, सीप सिकाउँदै
नयाँ बसपार्कमा टिकट लिन रातिदेखि यात्रुको लाइन
शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु अरुका लागि अनुकरणीय
पाकिस्तानलाई १.२ अर्ब डलर सहयोगमा आईएमएफको सहमति
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर
कांग्रेस १५औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान
मनसुनी वायुको प्रभाव कायमै, ती प्रदेशमा भारी वर्षाको सम्भावना