लाभांश पारित गर्न रिलायबल नेपाल लाइफले डाक्यो साधारणसभा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते मंगलबार काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा बिहान ११ बजे ९ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष (आव) को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ । साथै गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा पुस २० गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार