
बिर्तामोड । काँकडभिट्टा नाकाबाट छुर्पी निर्यात बढेको छ । गत आर्थिक वर्ष २०८१/८२ को चार महिनाको तुलनामा चालु वर्षको सोही अवधिमा छुर्पी निर्यात ३३ प्रतिशतले बढेको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी ईश्वर हुमागाईंले काँकडभिट्टा नाका भएर निर्यात हुने मुख्य दस वस्तुमध्ये छुर्पी पाँचौँ स्थानमा रहेको बताए ।
चालु वर्षको कात्तिकसम्म २ लाख १४ हजार किलो छुर्पी निर्यात गरेबापत ३७ करोड ९९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवको कात्तिकसम्म एक लाख ६८ हजार किलो छुर्पी निर्यात गर्दा २८ करोड ५६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
सन् २०१३ देखि कुकुर र बिरालोको दानाका रूपमा निर्यात हुन थालेको नेपाली छुर्पी मुख्य गरी अमेरिका र क्यानडामा निर्यात हुँदै आएकोमा हाल ब्राजिल, क्यानडा, चीन छुर्पी निर्यात भइरहेको छ । चेक रिपब्लिक, फिनल्यान्ड, फ्रान्स, ग्रिस, हङकङ, भारत, इटाली, जापान, दक्षिण कोरिया, लेबनान, मलेसिया, नेदरल्याण्ड र न्यूजील्याण्ड , फिलिपिन्स, कतार, सिंगापुर, स्लोभाकिया, ताइवान, थाइल्याण्ड, यूएई, बेलायत, भियतनाम र नामिबियामा पनि चालु वर्षमा उल्लेख्य मात्रामा छुर्पी निर्यात भइरहेको छ ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो