काँकडभिट्टा नाकाबाट छुर्पी निर्यात ३३ प्रतिशतले बढ्यो

बिर्तामोड । काँकडभिट्टा नाकाबाट छुर्पी निर्यात बढेको छ । गत आर्थिक वर्ष २०८१/८२ को चार महिनाको तुलनामा चालु वर्षको सोही अवधिमा छुर्पी निर्यात ३३ प्रतिशतले बढेको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी ईश्वर हुमागाईंले काँकडभिट्टा नाका भएर निर्यात हुने मुख्य दस वस्तुमध्ये छुर्पी पाँचौँ स्थानमा रहेको बताए ।

चालु वर्षको कात्तिकसम्म २ लाख १४ हजार किलो छुर्पी निर्यात गरेबापत ३७ करोड ९९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवको कात्तिकसम्म एक लाख ६८ हजार किलो छुर्पी निर्यात गर्दा २८ करोड ५६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

सन् २०१३ देखि कुकुर र बिरालोको दानाका रूपमा निर्यात हुन थालेको नेपाली छुर्पी मुख्य गरी अमेरिका र क्यानडामा निर्यात हुँदै आएकोमा हाल ब्राजिल, क्यानडा, चीन छुर्पी निर्यात भइरहेको छ । चेक रिपब्लिक, फिनल्यान्ड, फ्रान्स, ग्रिस, हङकङ, भारत, इटाली, जापान, दक्षिण कोरिया, लेबनान, मलेसिया, नेदरल्याण्ड र न्यूजील्याण्ड , फिलिपिन्स, कतार, सिंगापुर, स्लोभाकिया, ताइवान, थाइल्याण्ड, यूएई, बेलायत, भियतनाम र नामिबियामा पनि चालु वर्षमा उल्लेख्य मात्रामा छुर्पी निर्यात भइरहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार