
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत तीन कम्पनीहरूको वार्षिक साधारणसभा आज पुस १४ गते बस्दैछ । आज घोराही सिमेन्ट, लक्ष्मी सनराइज बैंक र गार्डियन माइक्रो लाइफको साधारणसभा आयोजना हुने भएको हो ।
यी कम्पनीहरुले लाभांश तथा हकप्रद प्रस्ताव सहितका प्रस्ताव पारित गर्ने एजेण्डा रहेका छन् । घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडले १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश र १ः०.७५ को अनुपातमा हकप्रद सेयर निष्कासनको प्रस्ताव सहित दाङको घोराही उपमहानगरपालिका–१५ स्थित होटल पौवामा बिहान ९ बजेदेखि वार्षिक साधारणसभा बस्दैछ ।
लक्ष्मी सनराइज बैंक लिमिटेडले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव सहित काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजेदेखि २५ औँ वार्षिक साधारणसभा बस्दैछ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव सहित मोरङ जिल्लाको विराटनगरस्थित होटल एअरपोर्टमा बिहान ११ बजेदेखि तेस्रो वार्षिक साधारणसभा बस्दैछ ।













समाचार
दुई विश्व कीर्तिमानी किलु : ब्रोड पिकमा कहिल्य नफर्किने गरि अस्ताए
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार