
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि यही पुस १३ गतेदेखि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरिरहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २६ लाख ७ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट मंसिर २२ गते अनुमति पाएको थियो । अनुमति पाएसँगै कम्पनीले ११ लाख ८५ हजार कित्ता आईपीओ आयोजना प्रभावितका लागि र १ लाख ४२ हजार २०० कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेकाका लागि जारी गरेको हो ।
आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमा गोरखाको अजिरकोट गाउँपालिकाको सबै वडाहरू र लमजुङको दूधपोखरी गाउँपालिकाको वडा नम्बर १, २ र ३ र दोर्दी गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतममा ५० हजार कित्ता माग गर्न सकिनेछ। वैदेशिक रोजगारीमा रहेकाले आज पुस १७ गतेसम्म र आयोजना प्रभावितले पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा बाँडफाँडको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । आयोजना प्रभावितले कम्पनीको गोरखास्थित आयोजना कार्यालयका साथै प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय तथा क्यापिटलले निर्माण गरेको अनलाइन लिंकबाट पनि आवेदन दिन सक्नेछन्। त्यसैगरी गोरखास्थित प्रभु बैंकको छेपेटार शाखा र पालुङटार शाखा मार्फत् पनि आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र सिआस्वा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन्। पहिलो चरणको आईपीओ बाँडफाँड भइसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरिनेछ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम