
काठमाडौं । नेपाल स्टक एक्सेचन्च (नेप्से) मा मेरो माइक्रोफाइनान्स, कालिका पावर, स्वरोजगार लघुवित्त, अपि पावर, अरुण भ्याली हाइड्रोपावर, ग्लोबल आइएमई लघुवित्त, हिमालयन लघुवित्त, समता घरेलु लघुवित्त र युनाइटेड इदी मार्दीको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
मेरो माइक्रोफाइनान्सको ४.७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ ७११.७९ रुपैयाँमा कायाम भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ७४५.६० रुपैयाँलाई मूल्य आधार मानेर भाउ समायोजन गरिएको हो ।
त्यसैगरी, कालिका पावरको ७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ ५३०.८४ रुपैयाँमा कायम भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ५६८ रुपैयाँलाई मूल्य आधार मानेर समायोजन गरिएको हो ।
स्वरोजगार लघुवित्त पावरको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ ८२८.०१ रुपैयाँमा कायम भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ९४६ रुपैयाँलाई मूल्य आधार मानेर भाउ समायोजन गरिएको हो ।
यता,अपि पावर ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ २८० रुपैयाँमा कायम भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य २९४ रुपैयाँलाई मूल्य आधार मानेर भाउ समायोजन गरिएको हो ।
अरुण भ्याली हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ २६०.८६ रुपैयाँमा कायम भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य २७३.९० रुपैयाँलाई मूल्य आधार मानेर भाउ समायोजन गरिएको हो ।
ग्लोबल आइएमई लघुवित्तको ४.७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ १११६.९५ रुपैयाँमा कायम भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ११७० रुपैयाँलाई मूल्य आधार मानेर भाउ समायोजन गरिएको हो ।
हिमालयन लघुवित्तको ६.६५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ ८७२.०१ रुपैयाँमा कायम भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ९३० रुपैयाँलाई मूल्य आधार मानेर भाउ समायोजन गरिएको हो ।
समता घरेलु लघुवित्तको ५ प्रतिशतमा मूल्य समायोजन हुँदा भाउ ७६४.७६ रुपैयाँमा कायम भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ८०३ रुपैयाँलाई मूल्य आधार मानेर भाउ समायोजन गरिएको हो ।
त्यसैगरी, युनाइटेड इदी मार्दीको ५ प्रतिशतमा मूल्य समायोजन हुँदा भाउ ५१९.०५ रुपैयाँमा कायम भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ५४५ रुपैयाँलाई मूल्य आधार मानेर भाउ समायोजन गरिएको हो । कम्पनीहरुको समायोजित मूल्यलाई आधार मानेर आइतबार कारोबार खुला हुनेछ।













समाचार
एनपीएल २०२६ को मिति घोषणा, कात्तिक ९ देखि सुरु हुने
ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी
ग्यासमा कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ
बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह
ढोरपाटन सिकार आरक्षमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी
पाटन बारका तीन समूहबिच प्रतिस्पर्धा हुँदै
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
जुम्लामा ४८ करोड राजस्व सङ्कलन
सुर्खेतमा सामुदायिक वनमा लुकाइराखेको तीन थान भरुवा बन्दुक बरामद
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण