
स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री बनाउँदै आएको छ । गाउँपालिकाले नवप्रवर्तन साझेदारी कृषि कार्यक्रम अन्तरगत स्थानीय कच्चा स्रोतको व्यापारिक उपयोगितासम्बन्धी परियोजनामार्फत गण्डकी प्रदेशसँगको साझेदारीमा हस्तकलाका सामग्री बनाउँदै आएको हो ।
आव २०७९/८० मा प्रदेशको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा परियोजना सञ्चालनमा आएको हो । रु एक करोड लागत साझेदारी रहेको उक्त परियोजनामार्फत व्यावसायिकता अभिवृद्धिका लागि हस्तकलाका सामग्री बनाउने ४५ दिने तालिम दिएको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताए । फाइबरका लागि कच्चापदार्थको रूपमा केराको थाम आवश्यक पर्ने भएकाले किसानलाई निःशुल्क केराका बोट उपलब्ध गराएको उनले बताए । ‘फाइबरका लागि केराको थाम आवश्यक पर्छ, यसलाई प्रशोधन गरी डोरी बनाइन्छ,’ उनले भने, ‘४५ दिने तालिम लिएकामध्ये हाल दैनिक ज्यालादारीमा सात महिलाले नियमित रूपमा हस्तकलाका सामग्री बनाउँदै आउनुभएको छ ।’
किसानले लगाएको केराबाट उत्पादन लिइसकेपछि खेर जाने केराको थाम पालिकाले निश्चित शुल्क तिरेर खरिद गरिदिने गरेको उनले बताए । गाउँपालिकाले फाइबरका लागि आवश्यक पर्ने कच्चापदार्थ केराको थाम उत्पादन गर्न पालिकाभित्रका किसानलाई मागका आधारमा बिस हजार केराका बेर्ना निःशुल्क वितरण गरेको थियो । पालिकाले किसानबाट प्रति थाम रु २५ देखि रु४५ सम्ममा खरिद गर्दै आएको छ ।
त्यसै खेर जाने केराको थामलाई प्रशोधन गरी विभिन्न हस्तकलाका सामग्री बनाउँदै आएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । बाहिरबाट आयात हुने अतिथि सत्कारका सामग्रीलाई निरुत्साहित गर्दै स्थानीय कच्चापदार्थको प्रयोग गरी यहीँ बनाइएका हस्तकलाका सामग्रीको प्रयोगमा जोड दिइएको अध्यक्ष थापाले बताए ।
‘गाउँपालिकामार्फत अहिले खादा, गलैँचा, झोला बनाउँदै आएका छौँ’, अध्यक्ष थापाले भने, ‘अब गुणस्तरीय र बजारमा माग हुने किसिमका हस्तकलाका सामग्री उत्पादनमा जोड दिन्छौँ ।’ पछिल्लो समय बढ्दो प्लास्टिकजन्य फोहरकाकारण वातावरणमा असर भइरहेका बेला खेर जाने केराको थामको प्रयोगबाट हस्तकलाका सामग्री बनाएर प्रयोग गरिने अध्यक्ष थापाले बताए ।
गाउँपालिकाले उत्पादन गरेको खाँदा, गलैँचा, मायाको चिनोसहित आगामी दिनमा फाइबरको झोला बनाउने तयारी गरेको छ । यहाँ उत्पादन भएका सामग्री गाउँपालिका आफैँले प्रयोग गर्ने र अन्यत्र पनि पठाउँदै आएको छ । गाउँपालिकाले दैनिक ज्यालादारी उपलब्ध गराउने गरी सात जनालाई रोजगारीसमेत दिएको छ । केराको फाइबरबाट बनाइएका हस्तकलाका सामग्रीको प्रयोगकर्ता बढ्दै गएका छन् ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन