
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलर, युरो र पाउण्डको मूल्य घटेको छ । अघिल्लो दिन बढेको यी देशका विनिमयदर आज भने केही मात्रामा घटेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ९० पैसा र बिक्रीदर १३४ रुपैयाँ ५० पैसा कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा रहेको थियो । त्यस्तै आज घटेको युरो एकको खरिददर १४८ रुपैयाँ ५८ रुपैयाँ र बिक्रीदर १४९ रुपैयाँ २५ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४९ रुपैयाँ १२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७८ पैसा रहको थियो ।
यसैगरी शुक्रबार बेलायती पाउण्डको विनिमयदर पनि घटेको छ । आज एक पाउण्डको खरिददर १७६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४५ पैसा कायम भएको छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १७७ रुपैयाँ १३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९२ पैसा रहेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७३ पैसा कायम भएको छ । त्यस्तै आज क्यानडियन डलर एकको खरिददर ९९ रुपैयाँ ५० पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा रहेको छ । त्यस्तै सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४० पैसा कायम भएको छ ।
आज जापानी ऐन १० को खरिददर ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा, चाइनिज युआन १ को खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा रहेको छ । त्यस्तै आज साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ६८ पैसा र बिक्री दर ३५ रुपैयाँ ८४ पैसा रहेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा कायम भएको छ । शुक्रबारका लागि लागि राष्ट्र बैंकले युएइ दिराम १ को खरिदर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा तोकेको छ ।
त्यस्तै मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्री दर ३१ रुपैयाँ २० पैसा रहेको छ । बिहीबार दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा छ भने बिक्री दर १० रुपैयाँ १२ पैसा रहेको छ ।













समाचार
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको आग्रह
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग
एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
रसुवा बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९२५ बेपत्ता
रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द
एकै दिन अर्थमन्त्रीमार्फत दाताले दिए प्रधानमन्त्री राहत कोषका लागि ६० करोड सहयाेग
मोबाइल बैंकिङ्ग एपबाट सिधै ‘प्रधानमन्त्री राहत कोष’ मा रकम पठाउने व्यवस्था गर्न बैंक तथा बित्तिय संस्थालाइ नेपाल राष्ट्र बैंकको निर्देशन
बालश्रम अन्त्यका लागि सरोकारवालाहरु बीच सहकार्यमा जोड
रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेट रसुवा बाढीको बारेमा ब्रिफिङ
सन्दीपको सानदार बलिङमा नेपालको सहज जित