
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलरको मूल्य घटेको छ भने युरो र पाउण्डको मूल्य बढेको छ ।
आज अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ २९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८९ कायम भएको छ । अघिल्लो दिन डलर एकको खरिददर १३५ रुपैयाँ २० पैसा र बिक्रीदर १३५ रुपैयाँ ८० पैसा रहेको थियो ।
त्यस्तै आज राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ११ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७८ पैसा कायम भएको छ । अघिल्लो दिन युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ २५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८८ पैसा रहेको थियो । त्यस्तै आज युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७१ रुपैयाँ ४३ र बिक्रीदर १७२ रुपैयाँ १९ पैसा रहेको छ । अघिल्लो दिन युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७१ रुपैयाँ २२ र बिक्रीदर १७१ रुपैयाँ ९८ पैसा रहेको थियो ।
त्यसतै आज स्वीस फ्रयाङ्क एकको खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३३ पैसा कायम गरिएको छ । केन्द्रीय बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८० पैसा र बिक्रीदर ८७ रुपैयाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिदार १०० रुपैयाँ ५० पैसा र बिक्रीदर १०१ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर ८ रुपैयाँ १० पैसा र बिक्रीदर ९ रुपैयाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर ३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३ रुपैयाँ ९६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा तोकिएको छ । यस्तै, दक्षिण कोरियन वन १०० को खरिदर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४३९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४४१ रुपैयाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर ३५८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६० रुपैयाँ ३९ पैसा, ओमानी रियाल एकको खरिददर ३५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ९७ पैसा तोकेको छ । यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।












समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द