
नेपाल शेर्पा संघको संघीय सचिवालयको नियमित वैठक सम्पन्न भएको छ । बैठकले यसअघि तोकिएको संघीय कार्यसमितिको वैठक इलाममा गर्ने निर्णय गरेको छ । आगामी माघ ७ र ८ गते बैठक इलाममा हुँदैछ ।
बैठकका लागि विभिन्न जिम्मेवारी समेत तोकिएको अध्यक्ष लाक्पा ठिन्ले शेर्पाले जानकारी दिए । बैठकको व्यवस्थापन संयोजकमा उपाध्यक्ष सञ्जय शेर्पा, यातायात व्यवस्थापनमा उपमहासचिव साङदोर्जे शेर्पा, सम्पर्क समन्वयमा सचिव दावा शेर्पा (डिएन) र आर्थिक व्यवस्थापन÷संकलनमा कोषाध्यक्ष आङ दोर्जे शेर्पालाई जिम्मेवारी तोक्ने निर्णय भएको अध्यक्ष शेर्पाले बताए ।
दुई दिनसम्म हुने कार्यक्रमको पहिलो दिन उद्घाटनसँगै सांस्कृतिक कार्यक्रम, विभिन्न विषयमा प्रशिक्षण तथा अन्तक्र्रिया कार्यक्रम गर्ने तय भएको छ । त्यस्तै, दोस्रो दिन संघीय कार्यसमितिको वैठक सम्पन्न भएसँगै पर्यटकीय नगरी इलामको विभिन्न स्थलको भ्रमण तथा अवलोकन गर्ने कार्यक्रम रहेको महासचिव लाक्पा जी शेर्पाले जानकारी दिए । त्यस्तै, शेर्पाहरुको बसोबास रहेको विभिन्न ठाउँ, ऐतिहासिक गुम्बा, स्तुप लगायतको भ्रमण गर्दै त्यहाँको शेर्पा संस्कृति, रहनसहनबारे अध्ययन गर्ने महासचिव शेर्पाको भनाई छ ।
बैठकमा संघीय कार्यसमिति, पदेन सदस्य, सल्लाहकार र प्रदेश नं. १ का जिल्ला अध्यक्षहरु मात्रै नभएर छिमेकी मुलुक भारतबाट समेत शेर्पा संघसंस्थाका प्रतिनिधिहरु आमन्त्रण गर्ने तयारी भइरहेको बताइएको छ ।

मगलबार बसेको बैठकले आगामी माघ ९ र १० गते हुन गइरहेको नेपाल आदिवासी जनजाति महासंघको ११ औं महाधिवेशनमा संघीय परिषद्का सदस्य र अन्य दुई जनालाई प्रतिनिधि पठाउने निर्णय पनि गरेको छ । त्यस्तै, पौष २५ र २६ गते हुने निःशूल्क दन्त शिविर भव्यताका साथ सफल बनाउन सबैलाई आह्वान गर्ने, पौष २६ गते विभिन्न क्षेत्रका विख्यात व्यक्तित्वहरुलाई सम्मान गर्ने निर्णय गरेको छ ।
संघले राज्यको उच्च ओहोदामा पुगेका शेर्पा समुदायका अग्रजहरुलाई मानार्थ सदस्यता प्रदान गर्ने र सल्लाहकार समेत चयन गरेको जनाएको छ । संघले प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा विभिन्न कार्यहरु अघि बढाई रहेको र शेर्पा समुदायको बसोबास रहेको ठाउँमा शेर्पा भाषाबाट नामकरण भएका स्थानका नामहरु संकलन गरी पेश गर्न सम्वन्धित जिल्लाका पदाधिकारीहरुलाई तोक्ने निर्णय समेत गरेको सचिव दावा शेर्पाले जानकारी दिए ।














समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू