
काठमाडौं। नखिपोट युवा क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता माघ १४ गतेदेखि हुने भएको छ । प्रतियोगिता ४ डबल्स र १ सिंगल्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष इन्द्रजित लिम्बूले पत्रकार सम्मेलनमा जानकारी गराए । पुरुष डबल्स ‘ए’ डिभिजन र ‘बी’ डिभिजन, यु–१७ ब्वाइज सिंगल्स, महिला डबल्स र भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा प्रतिस्पर्धा हुनेछ ।
पुरुष डबल्स ‘ए’ मा शीर्ष २० वरीयताका खेलाडीले सहभागी हुन पाउने छैनन् । नेपाल ब्याडमिन्टन संघसंग छलफल गरी पुरुष डबल्स ‘बी’ क्याटगोरीमा सहभागी हुन पाउने खेलाडीको टुंगो लगाइने आयोजकले जनाएको छ । महिला डबल्समा शीर्ष १० वरीयता बाहेकका खेलाडीलाई अवसर दिइने छ । प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ७० हजार रुपैयाँ रहेको क्लबका महासचिव पुष्पराज राईले जानकारी गराए । पुरुष डबल्स ‘ए’ मा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १०÷१० हजार नगद पुरस्कार जित्ने छन् । पुरुष डबल्स ‘बी’, महिला डबल्स र भेट्रान डबल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार र १०/१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । यु–१७ को विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले २.५÷२.५ हजार नगद पुरस्कार हात पार्ने छन् ।
प्रतियोगितामा करिब २ सय ५० खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ । नखिपोटस्थित आयोजककै कभर्डहलमा हुने चारदिने प्रतियोगिता सञ्चालन गर्न करिब १८ लाख ४५ हजार रुपैयाँ खर्च हुने आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले बताए । पत्रकार सम्मेलनमा आयोजक क्लबको प्रतिनिधित्व गरी विभिन्न घरेलु प्रतियोगितामा पदक जित्न सफल निसाम हाङमा लिम्बूलाई सम्मान पनि गरिएको थियो । खेलकुद तथा विभिन्न सामाजिक कार्यमा सक्रिय नखिपोट युथ क्लब २०५६ सालमा स्थापना भएको थियो ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू