
काठमाडौं । चालु आवको ५ महिनामा वाणिज्य बैंकहरुको नाफा साढे १७ प्रतिशतले घटेको छ । गत वर्षको मंसिर महिनासम्म ३० अर्ब २४ करोड ७ लाख रुपैयाँ खुद मुनाफा गरेकोमा चालु आवको मंसिरसम्म जम्मा २५ अर्ब ७२ करोड ८ लाख रुपैयाँ मात्रै नाफा कमाएका छन् । यो गत आवको भन्दा १७.५७ प्रतिशतले कम हो ।
निक्षेप क्रमिक रुपमा बढदै जानु तर त्यही मात्रामा ऋणको माग नहु्नु तथा गएको ऋणको साँवा ब्याज भुक्तानीमा समस्या हुँदा बैंकको नाफा घटेको हो । त्यस्तै खराब ऋण बढ्दै गएको छ । यसले गर्दा पनि बैंकहरुको नाफामा असर परेको छ । मंसिर महिनामा ६ वटा वाणिज्य बैंकको मात्रै नाफा वृद्धि भएको देखिएको छ । कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक र माछापुच्छ्रे बैंक गरी ६ वटा बैंकको नाफामा वृद्धि देखिएको हो ।
कृषि विकास बैक गत वर्ष मंसिरसम्म ३५ करोड २५ लाख रुपैयाँ नोक्सानीमा रहेकोमा चालु आवको मंसिरसम्म आउँदा ४१ करोड ७२ लाख रुपैयाँ नाफामा छ । राष्ट्रिय वाणिज्य बैंकको गत वर्षको मंसिरमा ८६ करोड ७२ लाख रुपैयाँ खुद मुनाफा गरेकोमा चालु आवको मंसिरसम्म आइपुग्दा २०.९१ प्रतिशतले वृद्धि भई १ अर्ब ९ करोड ६७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सानिमा बैंकको ९० करोड ४१ लाख रुपयाँ खुद मुनाफा गरेकोमा चालु आवको मंसिरसम्ममा १ अर्ब ६ करोड २९ लाख रुपैयाँ खुद मुनाफा पुगेको छ । ग्लोबल आईएमई बैंकले १२.०४ प्रतिशतले नाफा वृद्धि गरेर ३ अर्ब २२ करोड २६ लाख रुपैयाँ पुर्याउँदा सिद्धार्थले १ अर्ब र माछापुच्छ् बैंकले ८४ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा गरेका छन् ।
प्रतिशतका आधारमा सबैभन्दा धेरै नाफामा गिरावट सिटिजन्स बैंकको रहेको छ । बैंक गत वर्षको मंसिरमा ६९ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा गरेकोमा चालु आवको मंसिरमा यो १८५.०९ प्रतिशतले घटेर २४ करोड ३८ लाख रुपैयाँ आइपुगेको छ । त्यस्तै नेपाल बैंकको नाफा १५६.७१ प्रतिशतले घटेर ५९ करोड ५ लाख रुपैयाँमा सिमित भएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा १०२.१३ प्रतिशतले घटेर १ अर्ब २३ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ ।
त्यस्तै लक्ष्मी सनराइज बैंक ७७.०६ प्रतिशत, प्रभु बैंक, ५७.४८ प्रतिशत, नेपाल एसबीआई बैंक ४९.०७ प्रतिशत, कुमारी बैंक ३०.७२ प्रतिशत, हिमालयन बैंक १८.१६ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंक १८.१२ प्रतिशत, एनएमबी बैंक, १५.१४ प्रतिशत, नबिल बैंक १२.१८ प्रतिशत, एनआईसी एसिया बैंक ६.५४ प्रतिशत, एभरेष्ट बैंक २.२९ प्रतिशत र प्राइम कमर्सियल बैंक २.२३ प्रतिशत नाफामा गिरावट आएको तथ्यांक सार्वजनिक भएको छ । चालु आवको मंसिर मसान्तसम्ममा १३ वटा बैंकको नाफा १ अर्ब नाघेको छ ।
सबैभन्दा धेरै नाफा ग्लोबल बैंकले ३ अर्ब २२ करोड रुपैयाँ कमाउँदा दोस्रो नबिल बैंकले ३ अर्ब ११ करोड रुपैयाँ कमाएको छ । यता प्राइम कमर्सियल बैंकले १ अर्ब ९२ करोड, एभरेष्ट बैंकले १ अर्ब ८९ करोड, एनएमबी बैंकले १ अर्ब ६५ करोड, कुमारी बैंकले १ अर्ब ५२ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २३ करोड, प्रभु बैंकले १ अर्ब १६ करोड, हिमालय बैंकले १ अर्ब १३ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ९ करोड, सानिमा बैंकले १ अर्ब ६ करोड तथा सिद्धार्थ बैंकले १ अर्ब रुपैयाँ मुनाफा गरेका छन् । लक्ष्मी सनराइज बैंक, नेपाल एसबीआई बैंक, माछापुच्छ् बैंक, एनआईसी एसिया बैंक, नेपाल बैंक, कृषि विकास बैंक र सिटिजन्स बैंकको नाफा १ अर्ब भन्दा मुनि रहेको छ । सबैभन्दा कम नाफा सिटिजन्सले २४ करोड ३८ लाख रुपैयाँ कमाएको छ ।













समाचार
विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल
मनसुनयता सरदरभन्दा कम वर्षा
गाईजात्रा अघि नै बाजाको धुनबाट भक्तपुर गुञ्जायमान
कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
संखुवासभा गोल्डकप १४ कात्तिकदेखि, पुरस्कार राशी पाँच लाख
आन्तरिक राजस्व कार्यालयद्वारा दुई अर्ब ३१ करोड राजस्व सङ्कलन
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ
सगरमाथा आरोही संघको अध्यक्षमा पोखरेल निर्वाचित
भेस्पार र अप्रिलियाले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै “द सेभिङ एक्स्ट्राभागान्जा” नामक विशेष योजना सार्वजनिक