
काठमाडौं। चेल्सी वल्र्ड स्कुल र डिफेन्डिङ च्याम्पियन रिब्स पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
चेल्सीले आयोजक केएमसीलाई २९–११ ले पराजित गर्यो । चेल्सीकी तेन्जिङ कुसाङले १० अंक जोडिन् । रिब्सले द चाँदबाग स्कुललाई २७–१९ ले हरायो । रिब्सकी सुप्रिया मल्लले १२ स्कोर गरिन् । सिनियर ब्वाइजमा गोल्डेनपिक र बाल दीक्षा सदनले उपाधि भिडन्त पक्का गरे । गोल्डेनपिकले मार्वलसलाई ६८–५८ ले पाखा लगायो । गोल्डेनपिकका विजयी तामाङले १८ अंक जोडे । बाल दीक्षाले काठमाडौं जेभियर्स पब्लिकलाई ५३–२७ ले सहजै पाखा लगायो । बाल दीक्षाका सयल महर्जनले २८ अंक बटुले ।
जुनियर ब्वाइजमा ग्रिनफिल्ड र इडेन ब्रिज एकेडेमी (इबीए) फाइनलमा पुगे । ग्रिनफिल्डले ग्रिन लन्समाथि २२–१२ को जित दर्ता ग¥यो । ग्रिनफिल्डका अजय मगरले १२ अंक बटुले । गोल्डेनपिक विरुद्धको प्रतिस्पर्धामा इबीए २७–२२ ले विजयी भयो । इबीएका दिगविजय पुरीले ११ अंक जोडे । फाइनल शनिबार हुनेछ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व