
काठमाडौं । पछिल्लो एक हप्तामा सुनको मूल्य ९ हजार ४०० रुपैयाँले बढेको छ । गत पुस २५ गते शुक्रबार २ लाख ६७ हजार ८०० रुपैयाँ रहेको सुनको मूल्य माघ २ गते शुक्रबारसम्म आइपुग्दा ९ हजार ४०० रुपैयाँले बढेर २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत पुस २७ गते आइतबार सुनको मूल्य बढेर २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको थियो । त्यस्तै, पुस २८ गते सोमबार पुनः ४ हजार १०० रुपैयाँले बढेर २ लाख ७४ हजार ७०० रुपैयाँ पुगेको थियो । त्यस्तै, अघिल्लो दिनको तुलनामा पुस २९ गते मंगलबार १ हजार ८०० रुपैयाँले मूल्य बढेर २ लाख ७६ हजार ५०० रुपैयाँ पुग्यो । पुस ३० गते बुधबार १ हजार ५०० रुपैयाँले सुनको मूल्य बढेर २ लाख ७८ हजार रुपैयाँमा कारोबार भयो । जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो ।
त्यस्तै, माघ १ गते बिहीबार भने १ हजार ५०० रुपैयाँले घटेर २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भयो । माघ २ गते शुक्रबार पुनः ७०० रुपैयाँले बढेर सुन प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको हो । पछिल्ला दिनहरुमा सुनको मूल्य बढ्नुको पछि धेरै कारण रहेको सुन व्यवसायीहरु बताउँछन् । सुनको मूल्य लगातार बढ्नुमा केही आन्तरिक र बाह्य कारण रहेको व्यवसायी बताउँछन् ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै