
काठमाडौं । उस्मान डेम्बेलेको २ गोलको मद्दतमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले लिललाई ३–० ले हराउँदै फ्रेन्च लिग वानको शीर्ष स्थानमा फर्किएको छ ।
खेलको १३ औं मिनेटमा डेम्बेलेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। उनले २० यार्ड टाढाबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो। ६४ औं मिनेटमा उनले अर्को उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । इन्जुरी समयमा लिलको रक्षापंक्तिम भएको गल्तीको फाइदा उठाउँदै ब्राड्ली बार्कोलाले गोल थप्दै टोलीको जितको अन्तर बढाए । गत सिजन बालोन डी’ओर जितेका डेम्बेले यो सिजन चोटका कारण केही प्रभावित रह्यो । यद्दपी यो खेलमा उनले उत्कृष्ट प्रदर्शन गरे।
पिएसजीका प्रशिक्षक लुइस एनरिकेले डेम्बेलेको आक्रामक खेलको प्रशंसा गर्दै डिफेन्समा अझै सुधार आवश्यक रहेको बताए । यो जितसँगै पिएसजी लेन्सलाई २ अंकले पछाडि पारेको छ । शनिवार लेन्सले अक्सेयरलाई हराएमा शीर्ष स्थानमा फर्किने छ ।













समाचार
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि