काठमाडौं । माविलुङ्ग इनर्जी लिमिटेडको ७५ हजार २३६ कित्ता सेयरको लइकन अवधि फागुन ८ गते सकिंदैछ । कम्पनीले आईपीओ निष्कासन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको दिनदेखि ६ महीनासम्म सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको सेयर लकइनमा राख्नु पर्ने प्रावधान हो ।
सोही बमोजिम लकइनमा रहेको माविलुङ्ग इनर्जीको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका ७५ हजार २३६ कित्ता सेयर लकइनमा रहेको छ । सोही सेयरको लकइन अवधि आउँदो फागुन ८ गतेबाट समाप्त हुने भएको हो ।