सेयर बजारमा एकल अंकको गिरावट, कारोबार रकम पनि घट्यो 

काठमाडौं । अघिल्लो दिन उच्च अंकले बढेको सेयर बजार आज भने घटेर बन्द भएको छ । अघिल्लो दिन ४२ अंकले बढेको बजार आज भेन ९.४३ अंकले घटेको हो ।

आजको कारोबार बन्द हुँदा परिसूचक २७०५.३८ विन्दुमा पुगेको हो । आज सेयर बजारमा १७४ कम्पनीको सेयर मूल्य घटेको छ । आज ८२ कम्पनीको बढेको छ । ३ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.३५ अंकले घटेर ४६५.९० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एक वटा उपसूचकको मात्रै बढेको छ ।

आज परिसूचसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन करिब १२ अर्बको कारोबार भएको बजारमा आज भने झण्डै ९ अर्बको मात्रै कारोबार भएको छ । आज सेयर बजरमा ३२४ कम्पनीको २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता सेयर ८९ हजार ७६६ पटक खरिद बिक्री हुँदा ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार ३४६ रुपैयाँको कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार