
काठमाडौं । नेपाल लाइफ क्यापिटलले निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई खरिदका लागि आवेदन दिने अवधि थप भएको छ । कम्पनीले माघ ४ गतेदेखि बिक्री खुला गरेको इकाइमा आवेदन दिने समय थप भएको हो । माघ १८ गतेसम्म निष्कासन अवधि थपिएको हो।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाई बिक्रीमा ल्याएको हो । नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो । निष्काशन गरिएको कुल १६ करोड इकाईको न्यूनतम १५ प्रतिशत इकाई वा २ करोड ४० लाख इकाईमध्ये १४ प्रतिशत अर्थात् २ करोड २४ लाख इकाई कोष प्रवर्धक कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई र १ प्रतिशत अर्थात १६ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १३ करोड ६० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो । उक्त योजनामा न्यूनतम १०० देखि १ करोड ६० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको छ । उक्त योजनाको इकाई खरिदका लागि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।












समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि