
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गर्दा अवितरित रहेको सेयर लिलाम बिक्रीमा राखेको हो ।
हकप्रद सेयर बाँडफाँड गर्दा संस्थापक समूहतर्फ ६ लाख ३ हजार १६२ कित्ता सेयर बाँकी बसेको थियो । सो सेयर लिलाम बढाबढ मार्फत् मंसिर १८ गतेदेखि २५ गतेसम्म बिक्री खुला गरिएकोमा २ लाख ९६ हजार ६५६ कित्ता सेयर मात्रै बिक्री भएको थियो । यसरी अझै बाँकी रहन आएको ३ लाख ६ हजार ५९७ कित्ता अवितरित हकप्रद सेयर बैंकले पुनः लिलाम बढाबढ प्रक्रिया मार्फत् सबैले किन्न पाउने गरी बिक्रीमा ल्याएको हो । यसमा माघ १८ गतेदेखि फागुन ४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।
सेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सेयर संख्यामा कुनै हद नलाग्ने बैंकले जानकारी दिएको छ । इच्छुक जोकोहीले आफूले किन्न चाहेको सेयर र सोको मूल्य समेत खुलाएर बोलपत्र पेश गर्नु पर्नेछ ।
बोलपत्र फाराम काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) का साथै ग्लोबल आइएमई बैंकको विराटनगर, आदर्शनगर, वीरगंज, हेटौंडा, नारायणगढ, न्यूरोड (पोखरा) र बुटवल (मिलनचोक) शाखा कार्यालयमा पाइनेछ र सोही स्थानमा बुझाउन सकिनेछ ।














समाचार
गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन
राष्ट्रियसभाको बैठक बस्दै
मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह
गरिमा विकास बैंकले कमायो १ अर्ब ६८ करोड नाफा, अन्य सूचक कस्ता ?
नेपाल लाइफको बोनस सेयर डिम्याट खातामा जम्मा
धनुषामा गतआवमा ५७ किमी सडक ढलान
नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामै पुगिने
बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन
हर्मुज सम्झौताको नजिक इरान र ओमान, अमेरिकी–इरान वार्ता पनि अघि बढ्दै
२५२ प्रतिशतले बढ्यो लुमिबनी विकास बैंकको नाफा, इपीएस कति ?