
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा संगठनलाई आधुनिकीकरण र द्रुत परिचालनयोग्य बनाउनेतर्फ सरकार अग्रसर रहेको बताएका छन् । शुक्रबार सशस्त्र प्रहरी बलको २५औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरू बाधक नभई साधन बनेर दीर्घकालीन महत्त्व र उपलब्धिका लागि योजनाका रूपमा मन्त्रालयमा आएका कुनै पनि कुरालाई रचनात्मक एवं सकारात्मक सहयोग गरिरहेको बताए ।
उनले राष्ट्र निर्माण कुनै एक निकायको एकल प्रयासबाट सम्भव नहुने बताए । उनले सीमा सुरक्षालाई संस्थागत र दिगो बनाउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल नेपाललाई सीमामा केन्द्रित गर्न मन्त्रालयले रणनीतिक रूपमा अघि बढेको कार्यलाई निरन्तरता दिइरहेको बताए ।
अन्तर्राष्ट्रिय अभ्यास र नयाँ मापदण्डअनुरुप बीओपीहरूको विस्तार, विद्यमान बीओपीहरूको आधुनिकीकरण तथा सम्पूर्ण संगठनलाई प्रविधिमा आधारित लचिलो र द्रुत परिचालनयोग्य बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित रहेको उनको भनाइ छ । ‘हामी बाधक होइन साधक बनेर दीर्घकालीन महत्त्व र उपलब्धिका लागि योजनाका रूपमा मन्त्रालयमा आएका कुनै पनि कुरालाई रचनात्मक एवं सकारात्मक सहयोग गरिरहेका छौँ । यो सहयोग निरन्तर रही रहनेछ,’ उनले भने । गृहमन्त्री अर्यालले सशस्त्र प्रहरी बलले गरेको काम महत्त्वपूर्ण र प्रशंसायोग्य रहेको बताए ।













समाचार
त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला भर्ने दर्शनार्थीको भीड
सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति
चिनाखेतका पहिरो पीडितलाई नगरपालिकाको राहत
धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु
ब्राउन सुगरसहित एक जना पक्राउ
पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ लाख धरौटीमा थुनामुक्त
मधेशको पछिल्लो घटनाबारे गृहमन्त्री र उद्योगमन्त्रीले गरे सांसदहरूसँग छलफल, कसले के भने ?
युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु
साँस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने
पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा मृत्यु भएका किलुको मंगलबार अन्त्यष्टि हुने