काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले ४८ लाख २३ हजार ८४० कित्ता हकप्रद सेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले १ बराबर ०.८८६६ अनुपातमा हकप्रद जारी गर्ने तयारी गरेको हो । यसको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ । बोर्डबाट अनुमति पाएपछि सेयर बिक्री खुला हुनेछ ।