
काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य आकाशिएको छ । हरेक दिनजसो रकर्ड बनाएको सुनको मूल्य एक हप्तामै २४ हजार २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ ९ गते शुक्रबारसम्म आइपुग्दा प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँ पुगेको हो । महासंघका अनुसार, एक हप्ताअघि गत माघ २ गते सुन प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयता सुनको मूल्य निरन्तर बढेको हो । गत माघ ४ गते आइतबार २ लाख ७७ हजार ८०० रुपैयाँ, माघ ५ गते २ लाख ८२ हजार २०० र माघ ६ गते २ लाख ८४ हजार ७०० रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएको थियो ।
त्यस्तै माघ ७ गते भने सुनको मूल्य एकैचोटी बढेर २ लाख ९५ हजार १०० रुपैयाँ पुग्यो । माघ ८ गते २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार आइपुग्दा एकैचोटी ९ हजार २०० रुपैयाँले बढेर ३ लाख १ हजार ४०० रुपैयाँमा कारोबार हुन पुगेको छ । सुनको यो मूल्य अहिलेसम्मकै बढी हो । अमेरिकालगायतका विभिन्न मुलुकमा उत्पन्न हुने युद्ध र टकरावका कारण सुनको मूल्य ऐतिहासिक रुपमा बढेको व्यवसायीहरुको भनाइ छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट