
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक बढेर कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा परिसूचक ९.२३ अंकले बढेर २७१४.६१ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १६२ कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको घटेको छ । आज १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स भने ०.४७ अंकले घटेर ४६५.४२ विन्दुमा पुगेको छ । आज १३ वटा उपसूचकमध्ये १० वटाको सेयर मूल्य बढेको छ भने ३ वटाको घटेको छ ।
परिसूचकसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज ३३२ कम्पनीका १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता सेयर ९४ हजार १७४ पटक खरिद बिक्री हुँदा ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार ९८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ४ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम