
काठमाडौं । सरकारले अनुमान गरेभन्दा विपरित विद्युतीय गाडीमा लाग्ने कर यथावत राखेको छ । पछिल्ला वर्षहरुमा हरेक वर्ष बजेटमा विद्युतीय गाडीको कर बढ्ने अनुमानले गर्दा व्यवसायीले बजेट अगाडि विद्युतीय गाडी अत्याधिक आयात गर्ने गरेका थिए । अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय गाडीमा कर यथावत राखेको बताए ।
‘विद्युतिय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरी वातावरण प्रदुषणलाई न्यूनिकरण गर्न र विद्युतको आन्तरिक खपत बढाउन त्यस्ता सवारी साधनमा लाग्दै आएको सबै प्रकारका कर तथा महशुल यथावत राखेको छु ।’मन्त्री पौडेलले भने । पछिल्लो समय हाइब्रिड गाडीमा कर घट्ने र विद्युतीय गाडीमा बढ्ने अनुमान थियो ।
कर बढ्ने अनुमानको कारण पछिल्लो डेढ महिनामा ५ हजारभन्दा बढी गाडी आयात भएको थियो। तर,गाडीमा पनि अर्थमन्त्रीले कर बढाउने घटाउने कुनैपनि नीति लिएनन् । पछिल्लो समय इभीमा प्रतिस्पर्धाको कारण मूल्य अझै घट्न सक्ने अनुमान गरिएको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू