
काठमाडौं । इशान किशन र सूर्यकुमार यादवले अर्धशतक बनाएपछि भारतले न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै टि ट्वान्टी आई सिरिजमा २–० को अग्रता लिएको छ । रायपुरमा जितका लागि २०९ रनको लक्ष्य भारतले १५.२ ओभरमै ३ विकेट गुमाउँदै पूरा गर्यो ।
भारतको सुरुआत निकै खराब रह्यो । पहिलो सात बलमै सन्जु स्यामसन (६) र अभिषेक शर्मा (०) आउट भए । तर त्यसपछि इशान र सूर्यकुमारले शानदार ब्याटिङ गर्दै खेल भारतको पक्षमा फर्काए। इशानले २१ बलमै अर्धशतक पूरा गरे । उनले ३२ बलमा ११ चौका र ४ छक्कासहित ७६ रन बनाए ।
इशानले पावरप्लेमा नै न्युजिल्यान्डका बलरहरूमाथि आक्रामक प्रहार गरे । सूर्यकुमारले पनि उत्कृष्ट फर्म देखाउँदै अविजित ८२ रन बनाए । लामो समयपछि उनले टि ट्वान्टी आईमा अर्धशतक पूरा गरेका हुन् । सूर्यकुमारले शिवम दुबेसँग चौथो विकेटका लागि ८१ रनको नटआउट साझेदारी गरे । शिवमले ३६ रन जोडे । न्युजिल्यान्डका लागि म्याट हेन्री, ज्याकब डफी र इश सोदीले समान १ विकेट लिए ।
त्यसअघि न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै २० ओभरमा २०८ रन बनाएको थियो । डेभोन कन्वे (१९ रन ) र टिम सेइफर्ट (२४ रन) ले राम्रो सुरुआत दिलाए । भारतका बलरहरूले बीच–बीचमा विकेट लिँदै दबाब बनाएका थिए । रचिन रवीन्द्र (४४ रन ) र मिचेल स्यान्टनर (४७ रन) ले अन्त्यतिर राम्रो रन जोडे पछि टोलिले विशाल योगफल बनाएको थियो । भारतका कुलदीप यादवले २ विकेट लिए । ५ मध्येको तेस्रो खेल आइतवार गुवाहाटीमा हुनेछ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि