
काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँगको तेस्रो तथा अन्तिम अभ्यास टी-२० खेल जितेको छ ।
शनिबार भएको खेलमा नेपालले श्रीलंका ‘ए’ लाई ७ विकेटले हराएको हो । श्रीलंका ‘ए’ ले दिएको १३३ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४९ रन बनाए । आरिफ शेखले अविजित २४ तथा दीपेन्द्रसिंह ऐरीले अविजित २२ रन बनाए । कप्तान रोहित पौडेलले १७ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंका ‘ए’ ले २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनाएको थियो । चमिका करुणारत्नेले सर्वाधिक ३८ रन बनाइ । निरोशन डिक्वेलाले ३३ रन बनाए ।
नेपालका लागि शेर मल्लले ४ ओभरमा २० रन दिएर ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ तथा नन्दन यादव र रोहित पौडेलले १-१ विकेट लिए ।
आजको अभ्यास खेलपछि नेपाली टोली अब भारत जानेछ । भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि तीन अभ्यास टी-२० खेल हुने तालिका छ । टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले फेब्रुअरी ८ मा पहिलो खेल इंग्ल्यान्डसँग खेल्नेछ ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना