
काठमाडौं । म्यानचेस्टर सिटीले प्रिमियर लिगमा आज वुल्भरह्याम्प्टन वान्डरर्स (वल्भ्स) लाई २–० ले हराउँदै जितको लयमा फर्किएको छ । सिटीका लागि एन्तोइन सेमेन्होले पहिलो प्रिमियर लिग गोल गरे। ओमार मार्मुशले पनि छैंटौं मिनेटमा सिजनको आफ्नो पहिलो लिग गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए।
लगातार दुई खेल हारेपछि मैदान उत्रिएको सिटीले यो खेलमा राम्रो प्रदर्शन ग¥यो। एर्लिङ हालान्ड र फिल फोडेन सुरुआती टोलीमा थिएनन् । त्यसको बाबजुद सिटीले खेलमा नियन्त्रण कायम राख्यो।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा सेमेन्होले गोल गर्दै सिटीको जित सुनिश्चित गरे। दोस्रो हाफमा वुल्भ्सले गोल फर्काउन सकेन । यो जितसँगै म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ। तालिकाको पुछारमा रहेको वुल्भ्स भने सुरक्षित स्थानबाट १४ अंकले पछि परेको छ ।
अन्य खेलमा वेस्ट हमले सन्डरल्यान्डलाई ३–१ ले,फुलहमले ब्राइटनलाई २–१ हरायो । बर्नली र टोटनहमबीचको खेल २–२ को बराबरीमा टुंगिएको छ ।












समाचार
चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन
पिएसजी र म्यानचेस्टर युनाइटेडको बराबरी
लप्सेखोलामा अस्थायी बेलिब्रिज जडान गरिने
चितवन हुलाक कार्यालयबाट एक करोड भन्दा बढी राजस्व संकलन
विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड
हर्मुज खोल्न तेहरानले अघि सार्याे कडा सर्त, अमेरिकी नाकाबन्दी अन्त्य र क्षतिपूर्तिको माग
सानिमा रिलायन्स लाइफको भिजन टु भ्यालु कन्क्लेभ सम्पन्न
कुमारी बैंकको ३ लाख २० हजार कित्ता सेयर बिक्रीमा, क कसले दिन पाउँछन आवेदन ?
सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन
सानिमा बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?