
काठमाडौं। आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुलले दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ । फेरिल्यान्डले जुनियर ब्वाइजमा १ र जुनियर गल्र्समा २ खेल जित्यो ।
जुनियर ब्वाइजमा फेरिल्यान्डले बीएमसीएलाई २१–१६ ले पराजित गर्यो । विजयी टिमका लागि राहुल मग्रातीले ११ स्कोर गरे । जुनियर गल्र्समा फेरिल्यान्ड ‘ए’ ले सेन्ट जोसेफलाई ४४–३४ तथा फेरिल्यान्ड ‘बी’ ले हिमशिलालाई १६–१२ ले हराए । फेरिल्यान्ड ‘ए’ की करुणा बोगटीले १५ तथा फेरिल्यान्ड ‘बी’ की इन्नाग्मा राईले ६ अंक जोडे ।
कपनमा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमा ज्ञानभूमिले गोल्डेनपिकलाई १५–१०, एन्जल्स हार्टले ज्ञान संस्कारलाई २७–१८ र जेबी स्कुलले ग्रिनल्यान्डलाई २३–१७ ले पाखा लगाए । ज्ञानभूमिका कुशल रेग्मीले ५, एन्जल्स हार्टका सौरव श्रेष्ठले १० र जेबीका भीमराज रोकायाले ६ अंक बटुले । जुनियर गल्र्समा न्युटनले मन्जरीलाई १७–१२ तथा क्यान्भास बसन्त ऋतुले जेबीलाई २०–१८ ले पन्छाए । न्युटनकी सहारा राईले ६ तथा क्यान्भासकी रितिका चौधरीले ८ अंक जोडे ।
प्रतियोगिताको बूढानीलकण्ठ नगरपालिका प्रवक्ता समेत रहेका वडा १० का अध्यक्ष नवराज भट्टराईले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा जुनियर ब्वाइज र जुनियर गल्र्समा समान १२–१२ गरी २४ टिम सहभागी छन् । फाइनल माघ १६ गते हुनेछ ।













समाचार
त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला भर्ने दर्शनार्थीको भीड
सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति
चिनाखेतका पहिरो पीडितलाई नगरपालिकाको राहत
धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु
ब्राउन सुगरसहित एक जना पक्राउ
पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ लाख धरौटीमा थुनामुक्त
मधेशको पछिल्लो घटनाबारे गृहमन्त्री र उद्योगमन्त्रीले गरे सांसदहरूसँग छलफल, कसले के भने ?
युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु
साँस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने
पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा मृत्यु भएका किलुको मंगलबार अन्त्यष्टि हुने