चिलिमे जलविद्युतको नगद लाभांश वितरण

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले पुस ३० गते सम्पन्न २९ औं वार्षिक साधारण सभाले पारित गरेको नगद लाभांश वितरण गरेको छ।

सभाले गत आर्थिक वर्षका लागि ४ प्रतिशत (नगद लाभांश र बोनस शेयरमा लाग्ने कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त नगद लाभांश शेयरधनीको डिम्याट खातामा उल्लिखित बैंक खातामा माघ ६ गतेदेखि पठाइएको हो।

सभाले नगद लाभांशका साथै ८ प्रतिशत बोनस शेयर पनि पारित गरेको थियो। बोनस शेयर भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता तथा सूचीकृत भएपछि मात्रै सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार