
काठमाडौं । सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्स कम्पनी लिमिटेडले उदयपुरको रौतामाई नगरपालिकामा पशुपंक्षी तथा विपद बीमा जोखि सम्बन्धी सचेतना सम्पन्न गरेको छ । कम्पनीले माघ १२ गते उदयपुर जील्लाको रौतामाई नगरपालिका वड़ा नं ७ को सभा हलमा कृषि, पशुपंक्षी तथा बिपद बीमा जोखिम न्यूनिकरण सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रम सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता तथा रौतामाई नगरपालिका वड़ा न. ७ का अधक्ष्य मनोज कुमार राना मगरको प्रमुख आतिथ्यतामा संचालन गरिएको थियो । कार्यक्रम सञ्चालन भने गाईघाट शाखा प्रमुख धन बहादुर कटूवालले गरेका थिए ।
कार्यालयका कृषि तथा पशु प्रविधिक, अन्य कर्मचारीहरु, प्रतिनिधि तथा अगूवा कृषकहरु गरी जम्मा ४० जनाको उपस्थिती रहेको उक्त कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीका कृषि तथा पशुपक्षी विभाग प्रमुख उमेश ढकालले कृषि तथा पशुपंक्षी वीमा प्रकृया ,दावी समबन्धमा आवश्यक महत्वपूर्ण जानकारी गराएका थिए ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान