
काठमाडौं । सुनको मूल्य लगातार महंगिने क्रममा रहेको छ । गत साता बढेको सुनको भाउ यो साता पनि वृद्धि भएको हो ।
यो साता सुन तोलामा ३ हजार ३०० रुपैयाँले महँगिएको छ । अन्तराष्ट्रिय बजारमा देखिएको सामान्य बृद्धिको कारण नेपाली बजारमा पनि सुनको भाउ महँगिएको हो । यस साताको पहिलो दिन, आइतबार प्रतितोला १ लाख ५० हजार २०० रुपैयाँमा खरिदबिक्री भएको छापावाला सुन साताको अन्तिममा बढेर एक लाख ५३ हजार ५०० रुपैयाँ पुगेको हो ।
खासगरी, यस साताको एक दिन मात्र सुनको मूल्यमा गिरावट देखिएको थियो । अन्यथा, साताको अन्य दिन भने सुन महंगिएको थियो । सोमबार सुन प्रतितोला १ लाख ५० हजार ६०० रूपैयाँ पुगेको थियो जुन मंगलबार घटेर १ लाख ५० हजार ४९ हजार ६०० रूपैयाँमा झरेको थियो । यसैगरी, बुधबार पुनः वृद्धि भएर तोलाको १ लाख ५१ हजार र बिहीबार १ लाख ५१ हजार ५०० रूपैयाँ पुग्यो । अन्तिममा, साताको अनतिम दिन, शुक्रबार सुन प्रतितोला १ लाख ५३ हजार ५०० रूपैयाँमा कारोबार भयो ।
यता, चाँदीको भाउ पनि महंगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी साताभरमा तोलामा २० रुपैयाँले बढेको छ । साताको सुरूवातमा प्रतितोला एक हजार ७९० रहेको चाँदीको भाउ बढेर शुक्रबार प्रतितोला एक हजार ८१० रुपैयाँ पुगेको हो । चाँदीको मूल्य सोमबार महंगिएको थियो जुन यस साताको मंगलबार गिरावट भएको थियो भने बुधबार स्थिर रहेको थियो । बिहीबार भने चाँदीको मूल्यमा बढोत्तरी हुँदा प्रतितोला एक हजार ७९० रूपैयाँमा किनबेच भएको थियो । यसैगरी, शुक्रबार चाँदी प्रतितोला एक हजार ८१० रूपैयाँको स्तरमा किनबेच भयो ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै