
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नाफामा भारी गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनामा गत आवको भन्दा ४३ प्रतिशतले नाफा घटेको हो ।
वित्तीय विवरण अनुसार बैंकले चालू आवको पुस मसान्तसम्म १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिसम्ममा भने बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कर्जाको मागमा कमी आएको र छोटो अन्तरालमै ब्याजदरमा परिवर्तन हुँदा बैंकले अपेक्षित नाफा कमाउन नसकेको हो ।
जेनजी आन्दोलनपछि उत्पन्न राजनैतिक अस्थिरता र आर्थिक अनिश्चितताका कारण बैंकको खुद ब्याज आम्दानी पनि घट्न पुगको छ । गत आवको पुस मसान्तसम्म ७ अर्ब ३६ करोड ५१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा १२.८३ प्रतिशतले घटेर ६ अर्ब ४२ करोड ३ लाख रुपैयाँमा झरेको छ । त्यसैगरी बैंकको कुल सञ्चालन आम्दानीमा पनि गिरावट देखिएको छ। गत आवको दोस्रो त्रैमाससम्म यस बैंकले ९ अर्ब १ करोड २२ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेकोमा चालू आवको दोस्रो त्रैमाससम्म घटेर ८ अर्ब ५८ करोड ४८ लाख रुपैयाँमा सीमित हुन पुगेको छ ।
आम्दानीमा गिरावट आएपछि बैंकको सञ्चालन नाफामा पनि गिरावट देखिएको छ। गत आवको पुस मसान्तसम्म ४ अर्ब ४ करोड ३३ अर्ब रुपैयाँ सञ्चालन नाफा गरेको यस बैंकको चालू आवको पुस मसान्तसम्म भने घटेर २ अर्ब ३३ करोड ८७ लाख रुपैयाँमा झरेको छ। नाफा घटेपछि बैंकको प्रतिसेयर आम्दानी पनि १६.६० रुपैयाँबाट घटेर ९.४५ रुपैयाँमा झरको छ ।
त्यसैगरी गत आवको पुस मसान्तसम्म बैंकको खराब कर्जा (एनपीएल) ५.८६ प्रतिशत रहेकोमा चालू आवको पुस मसान्तसम्म बढेर ७.९० प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १९४.७७ रुपैयाँ रहेको छ । यस बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा ३ अर्ब ६१ करोड १० लाख रुपैयाँ ऋणात्मक भए पनि रिजर्भ कोषमा ३५ अर्ब ९६ करोड ३१ लाख रुपैयाँ सञ्चिति रहेको छ। यस बैंकले ३ खर्ब २८ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरी ५ खर्ब १९ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।













समाचार
बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट ?
सानिगाड हाइड्रोको नाफामा ३९० प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी सहति अन्य सूचक कस्ता ?
प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा
सेयर बजारमा पुँजीगत लाभकर घटाउन रौनियारको माग, सेबोनलाई दिए १५ बुँदे सुझाव
निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’
‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै
स्रोत नखुलेको ५२ लाख नगद सहित पर्साबाट ४ जना पक्राउ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
पहिरोका कारण दोसल्लेका नौ घरपरिवार विस्थापित
नाइमा मोबिलिटी एक्स्पो आजदेखि सुरु हुँदै, विद्युतीय र नवीनतम सवारीसाधनको भव्य प्रदर्शनी