
काठमाडौं । होटल फरेष्ट इन लिमिटेड यही माघ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात् अब सर्वसाधारणमा जारी गर्न लागेको हो ।
होटलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ४० लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसमध्ये पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा ४ लाख कित्ता आईपीओ जारी गरी बाँडफाँड समेत गरिसकेको छ ।
अब होटलले बाँकी रहेको ३६ लाख कित्ता आईपीओमध्ये २ लाख कित्ता सामूहिक लगानी कोषहरूका लागि र ८० हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ३३ लाख २० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो ।
यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ । कम्पनीको आईपीओमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ । यो आईपीओ बाँडफाँड गर्दा ३ लाख ३२ हजार आवेदकले १०÷१० कित्ताका दरले सेयर पाउनेछन् ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि