
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको नाफामा उल्लेख्य वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रा त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको भन्दा १५० प्रतिशतले नाफा बढेको हो ।
बैंकले चालू आवको पुस मसान्तसम्म १ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । जुन बैंकले गत आवको पुस मसान्तसम्म कमाएको नाफा भन्दा १५०.२० प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्ममा बैंकले ५३ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको आम्दानीमा पनि वृद्धि भएको वित्तीय विवरणले देखाएको छ । बैंकले गत आवको पुस मसान्तसम्म ४ अर्ब ११ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवको पुस मसान्तसम्म बढेर ४ अर्ब ३२ करोड ८० लाख रुपैयाँ पुगेको छ । त्यसैगरी समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी पनि ५ अर्ब २७ करोड ३३ लाख रुपैयाँबाट बढेर ५ अर्ब ९७ करोड ३३ लाख रुपैयाँ पुगेको छ। आम्दानीमा वृद्धि भएसँगै बैंकको सञ्चालन नाफा पनि ७५ करोड ५४ लाख रुपैयाँबाट वृद्धि भई १ अर्ब ९६ करोड ८४ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ७.१९ रुपैयाँबाट बढेर १७.९८ रुपैयाँ कायम भएको छ । बैंकको खराब कर्जा ४.५० प्रतिशतबाट घटेर ३.४५ प्रतिशतमा झरेको छ। बैंकको प्रतिसेयर नेटवर्थ २११.२३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २१.४५ रहेको छ।
चुक्ता पुँजी १४ अर्ब ७९ करोड ४४ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५८ करोड ४५ लाख रुपैयाँ र रिजर्भ कोषमा १५ अर्ब ८७ करोड ९ लाख रुपैयाँ रहेको छ। बैंकले २ खर्ब २५ अर्ब ६१ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब ९० अर्ब ४७ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।












समाचार
भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा अर्बौंको क्षति, शोकलाई शक्तिमा बदल्दै पर्यटन क्षेत्रलाई जगाउन रणनीतिक योजनाको खाँचो
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु