
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ । विश्वकप अगाडि नेपालले चेन्नईमा दुई ‘वाम अप’ म्याच खेल्दैछ । पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग आज प्रतिस्पर्धा गर्नेछ । खेल साँझ ५ः१५ बजे चेन्नईस्थित एमए चिदाबरम रङ्गशालामा हुँदैछ ।
विश्वकप अगाडि नेपालले अर्को वाम अप खेल बिहीबार क्यानडासँग खेल्नेछ । उक्त खेल पनि चेन्नईस्थित एमए चिदाबरम मैदानमा हुँदैछन् । नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । विश्वकपमा नेपाल समूह ‘सी’ मा छ । यो समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन् ।
नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग खेल्नेछ । नेपालले समूह चरणको सबै खेल मुम्बईमा खेल्ने तालिका छ । नेपालको खेलको सबै टिकट बिक्री भइसकेको छ । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको छ । यो नेपालको तेस्रो विश्वकप यात्रा हो।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि